किशिदाको आग्रह चिनियाँ प्रधानमन्त्रीद्वारा अस्वीकार !

चिनियाँ प्रधानमन्त्री ली छ्याङले जापानी प्रधानमन्त्री फुमियो किशिदाको समुद्री खाद्यवस्तुमाथि लगाएको प्रतिबन्ध हटाउने आग्रह अस्वीकार गरेका छन् ।

किशिदाले फुकुशिमा दाइची परमाणु ऊर्जा केन्द्रबाट प्रशोधित पानी समुद्रमा निकासा गर्ने जापानी अडानबारे जानकारी गराउँदै समुद्री खाद्यवस्तु आयातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए ।

किशिदाले बुधबार इन्डोनेसियामा आसियान बैठकका क्रममा चिनियाँ प्रधानमन्त्रीसँग संक्षिप्त कुराकानी गरेका हुन् ।

जापानी प्रधानमन्त्रीले निकासा हुने पानीको सुरक्षा वैज्ञानिक रुपमा सुनिश्चित गरिएको प्रष्ट पारेका थिए । चीनले भने प्रशान्त महासागरमा पानी मिसाउने कदमको कडा विरोध गर्दै आएको छ ।

किशिदा र लीले आफूहरुले रचनात्मक र स्थिर द्विपक्षीय सम्बन्ध निर्माणको लक्ष्य राखेको जनाएका छन् । तर चीनले जापानी सामुद्रिक खाद्यवस्तुमा लगाएको प्रतिबन्ध खोल्न अस्वीकार गरेपछि वार्ता निष्कर्षबिहीन भएको छ ।

एक दिनअघि मात्रै जापानी प्रधानमन्त्रीले आसियन शिखर सम्मेलनका क्रममा पानी उत्सर्जनको सुरक्षाबारे ब्याख्या गर्दै यसका लागि समझदारी खोजेका थिए ।

किशिदाले पनि आसियन प्लस थ्री शिखर सम्मेलनमा भाग लिएका छन् । जापानी प्रधानमन्त्रीले चीनले समुद्री खाद्यवस्तुमा लगाएको प्रतिबन्ध न्यायोचित नभएको बताएका थिए ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले पनि चिनियाँ प्रधानमन्त्रीले आसियन शिखर सम्मेलनका क्रममा जापानी पानी छाडेको विषयमा आफ्नो अडान स्पष्ट पारेको उल्लेख गरेको छ । लीले यो मामिलालाई जिम्मेवारीपूर्वक सम्हाल्न आग्रह गरेको जनाइएको छ ।

सन् २०११ को भूकम्प र सुनामीमा फुकुशिमा दाइजी आणविक ऊर्जा केन्द्र क्षतिग्रस्त बनेको थियो ।

प्लान्टमा पग्लिएको इन्धन चिसो पार्न प्रयोग गरिएको पानी भण्डारण गरेर प्रशोधन गरी शुद्ध पारेर समुद्रमा मिसाइएको हो ।

तर अझै पनि पानीमा ट्रिटियम नामको रसायन कायम रहेको भन्दै समुद्रमा मिसाउने कदमको विरोध भइरहेको छ ।

必利勁 /Eazy_pp_size_poster-share-scaled.jpg”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?