छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ

樂威壯 rrested-700×450.jpg” alt=”” class=”wp-image-189784″ style=”width:842px;height:541px” width=”842″ height=”541″/>

चिबा प्रिफेक्चरल प्रहरीले एक प्राथमिक विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

उनलाई बाल यौनजन्य क्रियाकलाप तथा अश्लील साहित्य कानुनअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चिबाको योत्सुकैदो सहर निवासी कोइची फुरुएमाथि २७ डिसेम्बर, २०२२ मा चिबा प्रान्तस्थित आफ्नो घरमा छात्रामाथि अश्लील क्रियाकलाप गरेको आरोप छ । उनलाई सोमबार प्रहरीले गिरफ्तार गरेको हो ।

यसका साथै उनले आफ्नो स्मार्टफोनमार्फत अश्लील भिडियोसमेत खिचेका थिए । प्रहरीका अनुसार उनीहरुको चिनजान एक मोबाइल एप्सका माध्यमबाट भएको थियो ।

ती छात्राकी आमाले गत फेब्रुअरीमा प्रहरीसँग सल्लाह लिएपछि घटना बाहिर आएको थियो । ती व्यक्तिले आरोप स्वीकार गर्दै आफू सो उमेरका छात्रासँग आकर्षित भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?