मोना जापानको अध्यक्षमा विशाल केसी चयन

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको अध्यक्षमा विशाल केसी चयन भएका छन् ।

आइतबार भएको आठौं राष्ट्रिय महाधिवेशनबाट केसी नेतृत्वमा आगामी दुई वर्षे कार्यकालका लागि केसीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश श्रेष्ठ, महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रीय उपाध्यक्षमा रुपेश पुन तथा उपाध्यक्षहरुमा प्रकाश तुलाचन, टिका छन्त्याल र महेन्द्र चोखाल चयन भएका छन् ।

यसैगरी महासचिवमा सागर कार्की, सचिवमा रेखा केसी, क्षेत्रीय सचिवमा उज्वल बानियाँ, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की र सहकोषाध्यक्षमा सुरेश पुन चयन भएका छन् ।

यसैगरी प्रवक्तामा कमल बानियाँ, युवा संयोजकमा सनम फगामी, महिला संयोजकमा कविता भट्टचन, खेलकुद संयोजकमा धना पुर्जा, साँस्कृतिक संयोजकमा गणेश छन्त्याल र पालिका संयोजकमा सुरेन्द्र सुनार चयन भएका छन् ।

समितिका सदस्यहरुमा गणेश बानियाँ, बिनोद रेग्मी, उषा हमाल, वीरबहादुर गर्बुजा, दिपक सुबेदी, अश्विन भण्डारी, प्रदिप घर्ती मगर, जीवन थापा मगर, मनोज बानियाँ र सुबास खत्री चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?