जापानी सामान प्रतिबन्धको माग गर्दै दक्षिण कोरियामा प्रदर्शन

जापानी सामान प्रतिबन्धको माग गर्दै दक्षिण कोरियामा प्रदर्शन भएको छ । जापानले समुद्रमा दुषित पानी फालेको विरोधमा दक्षिण कोरियाली नागरिकहरुले प्रदर्शन गरेका हुन् ।

जापानले फुकुशिमा दाइची परमाणु प्लान्टको रेडियो एक्टिभ पानी समुद्रमा मिसाएपछि छिमेकी देशसँगको सम्बन्धमा चिसोपना आएको छ ।

यही कारण चीनले यसअघि नै जापानी समुद्री खानेकुरा आयातमा प्रतिबन्ध लगाइसकेको छ ।

दक्षिण कोरियामा ‘विकिरणबाट उत्पन्न पानी समुद्रमा फाल्न बन्द गर, जलबाट उत्पादन हुने सामानमा प्रतिबन्ध लगाऔं’ जस्ता नारासहित विरोध प्रदर्शन भएको हो ।

उनीहरुले कोरिया सरकारलाई जापान सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्न समेत आग्रह गरेका छन् ।

एक हजार युवाले समुद्रनिकट क्षेत्रमा गरेको सर्वेक्षणमा ७२.४ प्रतिशत नागरिकले जापान सरकारको विरोध गरेको बताइएको छ ।
यसैगरी ७८.३ प्रतिशत जनताले जापानबाट आयात हुने जलबाट उत्पन्न सामग्रीमा प्रतिबन्ध लगाउन र ६७.४ प्रतिशतले जापानी उत्पादन बहिस्कार गर्न आग्रह गरेका छन् ।

犀利士 ेढ घण्टाको प्रदर्शनका क्रममा उनीहरुले राजधानी सोलस्थित राष्ट्रपति कार्यालयसम्म करिब ५ किलोमिटर यात्रा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?