विषादी खुवाएर १३ वटा काग मार्नेलाई ५ लाख येन जरिबाना

जापानको नागोयास्थित एक अदालतले कागलाई विषादी खुवाएर मार्ने व्यक्तिलाई ५ लाख येन जरिबाना गर्ने फैसला गरेको छ ।

जापानी अदालतले ६३ वर्षीय जुन हात्तोरीलाई वन्यजन्तु संरक्षण तथा सिकार कानुनको उल्लंघन गरेको अभियोगमा ५ लाख येन जरिबाना गरेको हो ।

उनी १३ वटा कागलाई विषादीयुक्त खाना खुवाएकोमा दोषी ठहर भएका हुन् ।

हरेक दिन बिहान चर्को स्वरमा कागहरु कराएको रिसका कारण उनले विषादीयुक्त खानेकुरा राखिदिएका थिए ।

हात्तोरीले ८ मार्चमा मन्दिर परिसर र पार्किङस्थलमा विषादी साइनोफोस भएको खाना कागलाई खुवाएका थिए ।

विषाक्त खानेकुरा खाएका कारण १३ वटा कागको मृत्यु भएपछि मन्दिरका पुजारीले प्रहरीलाई घटनाको अनुसन्धान गरिदिन आग्रह गरेका थिए ।

सो क्रममा प्रहरीले मन्दिर परिसरमा रहेको सीसीटीभी क्यामेराको फुटेज विश्लेषण गरेर हात्तोरीको पहिचान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?