एकै पटक सरुवा भए ४८ एसपी र १२० डीएसपी

नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना नायब प्रहरी उपरीक्षक (डीएसपी) हरूको एकै पटक सरुवा गरिएको छ ।

जस अनुसार केही जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु समेत सरुवा भएका छन् ।

कास्कीका एसपी अजय केसी नेपाल प्रहरी अंगरक्षक गण नक्सालमा सरुवा भएका छन् भने बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान महाशाखामा ल्याइएको छ ।

यस्तै, दाङका प्रहरी प्रमुख वीरबहादुर ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानीपोखरीमा पठाइएको छ ।

यसैगरी नुवाकोटका रमेश पण्डितलाई प्रदेश कार्यालयको अपराध अनुसन्धान शाखा भैरहवा, डोटीका राजेन्द्रप्रसाद धमलालाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरिएको छ ।

पूर्वी नवलपरासीका एसपी भुवनेश्वर तिवारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगञ्ज, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोशी प्रदेश प्रहरी कार्यालय, कपिलवस्तुका प्रेमबहादुर बस्नेतलाई नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर पठाइएको छ ।

सुनसरीका प्रभुप्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगञ्ज, भक्तपुरका प्रजित केसीलाई प्रदेश कार्यालय वीरगञ्ज, उदयपुरका ज्ञानेन्द्र फुयाललाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा ल्याइएको छ ।

樂威壯 ads/2023/09/Police-saruwa.pdf”>Police saruwaDownload

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?