एनआरएनए जापानले बृहत् अन्तर्क्रिया कार्यक्रम गर्दै

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानले १० सेप्टेम्बरमा बृहत् अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।

एनआरएनए जापानमा नविन निउरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएपछि जापानमा क्रियाशील विभिन्न संघसंस्था र सरोकारवाला निकायसँग समन्वय गर्ने नीति अनुसार अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

एनआरएनए अभियान र समग्र जनसरोकारका विषयमा सबैको सहयोग बढाउन जापानमा रहेका संघसंस्था र सरोकारवाला निकायसँग समन्वयात्मक सहकार्य तथा मानवीय सहयोग अभिवृद्धिका काममा एकरूपता कायम गर्न बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना एनआरएनए जापानले उल्लेख गरेको छ ।

टोकियोको शिन ओकुबोस्थित सोलमारीको मुरा हलमा अन्तरक्रियाको आयोजना गर्न लागिएको हो ।

जापानस्थित नेपाली दूतावास, एनआरएनए जापान, जापानमा रहेका सामाजिक संघसंस्था र समाजबीच सहयोग र सेवा आदान प्रदानमा एकरूपता ल्याउने उद्देश्यले बृहत् अन्तर्क्रिया आयोजना गर्न लागिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए ।

उनले सबै संघ संस्थाहरूको सल्लाह, सुझाव लिने र आपसी समन्वयमा कामलाई अघि बढाउन अन्तर्क्रिया कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

एनआरएनए जापान र जापानमा क्रियाशील संघसंस्थाबाट नेपाली समुदायले अपेक्षा गरेको सेवा र सहयोगमा पहुँच अभिवृद्धि तथा छिटो छरितो र विश्वसनीय सेवा प्रवाहका विषयमा छलफल केन्द्रित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?