जापानमा आगामी साता फेरि ताइफु आउने पूर्वानुमान

犀利士

जापान मौसम एजेन्सीले आगामी साता दुई वटा ताइफु आउनसक्ने जनाएको छ ।

एजेन्सीले जापान सागर नजिकै दुई वटा ताइफु देखा परेको र त्यसको स्पष्ट मार्ग तय नभए पनि आगामी साता जापानमा असर पार्नसक्ने जनाएको छ ।

मिनामितोरिशिमा नजिकै उत्तरतर्फ सर्दै आएको ताइफु आगामी साताको सुरुमा पूर्वी सागरतर्फ सर्ने पूर्वानुमान गरिएको छ ।

कान्तो र तोहोकुको प्रशान्त महासागरको किनासामा २८ तारिखमा सामुद्रिक लहरहरु देखिनसक्ने पूर्वानुमान गरिएको छ । यो यो सिजनका नवौं ताइफु हो ।

यसअघि यसै महिनाको सुरुमा दुईवटा ताइफुले जापानमा वर्षा ल्याउनुका साथै जनजीवन प्रभावित बनेको थियो ।

जापानी मौसम विज्ञान एजेन्सीका अधिकारीहरुले ताइफुबारे जानकारी लिन र सावधानी अपनाउन अनुरोध गरेका छन् ।

कान्तो, इजु टापुक्षेत्र र तोहोकु क्षेत्रको प्रशान्त क्षेत्रमा २८ तारिखमा छालहरु उच्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?