गत साउन ३ गते त्रिभुवन विमानस्थलको बाटो हुँदै भएको ६० किलो तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन प्रकरणको अनुसन्धानका क्रममा काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन ।
यद्यपि, हालसम्म पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम 樂威壯 गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बिहीबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ ३ साउनमा बरामद गरेको थियो ।
१९ दिनसम्म अनुसन्धान गरेर विभागले संगठित अपराधको देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो । सुन प्रकरणमा हालसम्म २३ जना पक्राउ परिसकेका छन् ।