सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया पक्राउ

साउन २ गते त्रिभुवन विमानस्थल भन्सारबाट पास भएर सिनामंगलमा पुगेको झण्डै डेढ सय किलो सुन प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।

भारतबाट फर्किने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरिएको हो ।

दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको हो । उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् ।

अकुडिया इन्डिगो एअरको विमानबाट नयाँ दिल्ली हुँदै नेपाल आएका थिए । असार ३० गते हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स हुँदै काठमाडौं ल्याइएको ‘ब्रेक सु’ भित्र राखेर सुन तस्करी हुँदा राकेश अकुडिया पनि मुछिएका छन् ।

सुन तस्करी प्रहरणमा नाम जोडिएपछि प्रहरीले अडुकियाको खोजी जारी राखेको बेला छोरा पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?