सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।
शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।
उनी गत मंसिरमा भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । प्रहरीले शर्मासँगै थप दुई जनालाई पनि पक्राउ गरेको छ ।