जापानमा अत्यधिक गर्मी, निगाता र फुकुईमा ४० डिग्री तापक्रम

जापानमा अत्यधिक गर्मीको प्रकोप जारी छ । जापानका अधिकांश क्षेत्रमा बुधबार पनि तीव्र गर्मी महसुस गरिएको छ ।

निगाता र फुकुई प्रिफेक्चरमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

मौसम विज्ञान एजेन्सीले उष्णकटिबन्धीय शक्तिशाली तुफान खानुनका कारण दक्षिणबाट तातो हावा जापान सागरका तटवर्ती इलाकातर्फ अघि बढेको जनाएको छ ।

मौसम विज्ञान एजेन्सी र पर्यावरण मन्त्रालयले बिहीबार होक्काइदोदेखि उत्तरी क्षेत्र क्युशुसम्म १८ प्रिफेक्चरमा अत्यधिक तापक्रम बढ्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशभर अत्यधिक तापक्रमका कारण लु लाग्दा मानिसहरुको मृत्यु हुने र बिरामी हुने घटनाहरुमा वृद्धि भएको छ ।

अधिकारीहरुले अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा कोठा चिसो राख्न, समय–समयमा चिसो पेय पदार्थ तथा पानी पिउन पनि सल्लाह दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?