जापानको ओकिनावा क्षेत्रमा खानुन ताइफुको कहर

दक्षिणपश्चिम जापानको ओकिनावा प्रिफेक्चरमा शक्तिशाली ताइफुका कारण जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

शक्तिशाली हावा र भारी वर्षाले ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

樂威壯 >बुधबार साँझ ७ बजेसम्म खानुन ताइफु कुमेजिया टापुबाट ११० किलोमिटर दक्षिणमा थियो । यो १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिमतिर सरिरहेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

ओकिनावाको तोकाशिकिजिमा टापुमा बेलुका ४ बजेअघिसम्म १५९ किलोमिटर प्रतिघण्टा, कुमेजिमा विमानस्थल क्षेत्रमा बेलुका ६ बजेसम्म १५५ किलोमिटर प्रतिघण्टा र नान्जो सिटीमा १३५ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएको थियो ।

ताइफु वरपरका क्षेत्रमा वर्षाका बादलहरु विकसित भइरहेका छने भने ओकिनावा क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

२४ घन्टाको अवधिमा योमितान गाउँमा २६६ मिलिमिटर वर्षा भएको थियो । यो अगस्ट महिनामा भएको रेकर्ड वर्षा हो ।

अधिकारीहरुले सो क्षेत्रमा पहिरो आउनसक्ने चेतावनी समेत दिएका छन् । हावाको अधिकतम गति ओकिनावा क्षेत्रमा १४४ किलोमिटर प्रतिघण्टा र अमामी क्षेत्रमा ९० किलोमिटर प्रतिघण्टा हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?