एनआरएनएका पदाधिकारीलाई कास्की–पोखरा समाजको बार्बेक्यू

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका नवनिर्वाचित पदाधिकारीका लागि कास्की पोखरा समाज जापानले बार्बेक्यू आयोजना गर्ने भएको छ ।

समाजले ३० जुलाईमा भएको निर्वाचनबाट निर्वाचित एनआरएनए जापानका पदाधिकारीका लागि अगस्ट ६ मा टोकियो नजिकै रहेको खासाइ रिन्काइ कोएनमा बार्बेक्यू कार्यक्रम गर्न लागेको हो ।

एनआरएनएका नवनिर्वाचित पाधिकारीलाई बधाई ज्ञापन गर्नुका साथै कास्कीबाट जापानमा आई बसोबास गरिरहेकाहरुबीचको सम्बन्ध पुनर्ताजगी गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष सन्देश अधिकारीले जानकारी दिए ।

कार्यक्रममा एनआरएनए जापानको निर्वाचनमार्फत नवनिर्वाचित कार्यसमिति र आईसीसी सदस्यहरुलाई बधाई दिइनेछ ।

कार्यक्रम संयोजक बिसु भण्डारीले हरेक वर्ष झै यो वर्ष पनि बार्बेक्यु कार्यक्रम गरिएको हुँदा उत्साहजनक रुपमा सहभागी हुन कास्कीबाट जापानमा आई बसोबास गरिरहेका सबैलाई निमन्त्रणा गरिएको बताए ।

कास्की–पोखरा समाज गण्डकी प्रदेशको कास्की जिल्लाबाट जापानमा आई विभिन्न पेसा, व्यवसायमा संलग्न कास्केलीहरुको साझा संगठन ह日本藤素 ो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?