जुन महिनामा जापानको बेरोजगारीदर २.५ प्रतिशत

威而鋼 wp-block-image size-large is-resized”>

जापानमा अघिल्लो महिनाको तुलनामा बेरोजगारीदर केही घटेको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जुन महिनामा जापानको बेरोजगारी दर २.५ प्रतिशत छ ।

यसअघि बेरोजगारीदर २.६ प्रतिशत रहेको थियो । यो तथ्यांकलाई हेर्ने हो भने बेरोजगारीदर केही कम भएको देखिएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार मे महिनामा रोजगारीको उपलब्धता अनुपात ०.०१ प्रतिशत विन्दुले घटेर १.३० मा झरेको छ ।

यो अनुपात कामको खोजीमा रहेका प्रति १०० जनाका लागि १३० काम उपलब्ध भए बराबर हो । जुन महिनामा कुल बेरोजगारको संख्या १७ लाख ९० हजार पुगेको मन्त्रालयले जनाएको छ ।

यसरी बेरोजगार भएकामध्ये आफ्नै इच्छाले काम छोड्नेको संख्या एक प्रतिशतले घटेर सात लाख १० हजार भएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार कामबाट बर्खास्त हुनेको संख्या अघिल्लो महिनाको तुलनामा २ प्रतिशतले घटेर ४ लाख ७० हजारमा आइपुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?