जापानमै बनेको कोरोना खोपलाई विशेषज्ञ प्यानलको स्वीकृति

जापानमै बनेको कोरोनाविरुद्धको खोपले स्वीकृति पाएको छ । जापानको स्वास्थ्य मन्त्रालय अन्तर्गतको विशेषज्ञ प्यानलले प्रमुख जापानी फर्मास्युटिकल फर्म दाइची सान्क्योले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोग अनुमति दिएको हो ।

मन威而鋼 ्त्रालयले प्रक्रिया पूरा गरेपछि स्वदेशी कम्पनीले विकास गरेको खोप पहिलो औपचारिक रुपमा मान्यताप्राप्त खोप हुनेछ ।

विज्ञहरुले यसको प्रभावकारिता र सुरक्षाको पुष्टि गरेको भन्दै प्यानलले खोपलाई अनुमोदन गरेको हो ।

जापानले फाइजर र मोडेर्नाजस्ता विदेशी कम्पनीद्वारा निर्मित खोपहरु प्रयोग गर्दै आएको छ । जापानमा हालसम्म कुनै पनि स्वदेशी कम्पनीले कोभिडविरुद्धको खोप विकसित गर्न सकेका थिएनन् ।

जनवरीमा दाइची सान्क्योले आफ्नो म्यासेन्जर आरएनए खोपको स्वीकृतिका लागि मन्त्रालयका निवेदन दिएको थियो ।
यो फाइजर र मोडेर्ना दुवैले विकास गरेको जस्तै प्रकारको खोप रहेको सान्क्यो कम्पनीले जनाएको छ ।

यद्यपि जापानमा बनेको यो खोप हाल विकसित भइरहेका नयाँ भाइरसलाई लक्षित गरेर बनाएको नभई भाइरसको मूल स्ट्रेनलाई लक्षित गर्ने बताइएको छ ।

यो कृत्रिम रुपमा उत्पादित आरएनएमार्फत मानव शरीरमा स्पाइक प्रोटिनको भाग सिर्जना गरेर प्रतिरक्षा वृद्धि गर्न डिजाइन गरिएको खोप हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?