जापानमा अत्यधिक गर्मी, तापक्रम ३८ डिग्रीमाथि पुग्ने

日本藤素 73″ width=”844″ height=”633″/>

जापानमा पछिल्लो समयमा अत्यधिक गर्मी बढेको छ । मौसम विज्ञान एजेन्सीले सोमबार जापानमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरेको छ ।

एजेन्सीले जापानबासी सबैलाई अत्यधिक गर्मीबाट जोगिन आवश्यक सावधानीका उपाय अपनाउन आग्रह पनि गरेको छ ।

जापानमा सोमबार धेरैजसो क्षेत्रमा घाम लाग्ने र अत्यधिक तापक्रम बढ्ने भएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र बाहिर निस्किदा साबधानी अपनाउन अनुरोध गरेको छ ।

एजेन्सीले साइतामा प्रिफेक्चरमा ३८ डिग्री, कोफु सहरको माएबासीमा ३७ डिग्री तथा राजधानी टोकियो, फुकुशिमा, सेन्दाई लगायतमा ३६ डिग्री तथा ओसाका, फुकुई तोत्तोरीमा ३५ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान गरेको छ ।

जापान मौसम विज्ञान एजेन्सी र वातावरण मन्त्रालयले फुकुसिमा, इबाराकी, तोचिगी, गुन्मा, साइतामा, चिबा, टोकियो, कानागावा, यामानाशी, शिजुओका, निगाता र तोयामा प्रिफेक्चरमा धेरै गर्मी हुने जनाएका छन् ।

क्योतो, ह्योगो, वाकायामा, तोकुशिमा, फुकुओका र नागासाकीमा गर्मीको स्ट्रोकको चेतावनी जारी गरेको छ ।
जापानमा पछिल्लो समयमा गर्मीका कारण मृत्यु हुने र बिरामी पर्नेको संख्यामा वृद्धि भएको छ ।

अत्यावश्यक काम बाहेक घरबाहिर नजान, घरभित्र बस्दा एसीका साथै उचित रुपमा तापक्रम समायोजन गर्न, तिर्खा नलाग्दा पनि बारम्बार पानी पिउन स्वास्थ्य अधिकारीहरुले सल्लाह दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?