नविन निउरे एनआरएनए जापानको अध्यक्षमा भारी मतान्तरले विजयी

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको अध्यक्षमा नविन निउरे विजयी भएका छन् ।

आइतबार अनलाइन प्रणालीबाट भएको मतदानमा निउरे तीन प्रतिस्पर्धीलाई हराउँदै सन् २०२३–२५ कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् ।

एनआरएनए जापानको नयाँ नेतृत्व चयनका लागि पहिलोपटक अनलाइन मतदान प्रणाली ‘भेरो भोटिङ प्रणाली’ मार्फत मतदान भएको हो ।

निर्वाचन समितिका संयोजक डम्बरराज पौडेलले निर्वाचन परिणाम सार्वजनिक गर्दै निउरे अध्यक्षमा निर्वाचित भएको घोषणा गरे ।
अन्तिम नतिजाअनुसार निउरे २९ सय ५५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । यसैगरी निकटतम प्रतिद्वन्द्वी संगीता अधिकारी सुवेदीले १२ सय ३० मत, राजकुमार अधिकारी ८ सय ७७ र रामकृष्ण श्रेष्ठ ४ सय ९५ मत पाए ।

७ हजार १६८ मतदाता रहेकोमा ७६ प्रतिशत अर्थात् ५ हजार ४८ मत खसेको थियो । महासचिवमा श्यामकुमार श्रेष्ठ विजयी भए । उनले २ हजार ७८९ मत पाए भने उनका प्रतिस्पर्धी श्यामकुमार श्रेष्ठले २ हजार ६२६ मत पाए ।

犀利士 -44-294×433.png” alt=”” class=”wp-image-196756″ width=”841″ height=”1238″/>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?