एनआरएनए जापानको निर्वाचन : ७६ प्रतिशत मत खस्यो, परिणामको पर्खाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ ।

बिहान १० बजेदेखि साँझा ७ बजेसम्म मतदानको समय तोकिएको थियो । यो अवधिमा ७६ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

एनआरएनए जापानको निर्वाचनका लागि ७ हजार १६८ जना मतदाता रहेका छन् । निर्वाचन समितिले मतदान सकिएको जानकारी दिँदै मतपरिणाम छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ ।

एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषदका लागि २६ पदमा ५५ जनाको उम्मेदवारी छ । जसअनुसार १ जना अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा नविन निउरे, राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ र संगीता अधिकारी चुनावी मैदानमा छन् । यसैगरी उपाध्यक्षका लागि ८ जना र महिला उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ ।

महासचिवका लागि २ जना, सचिवका लागि ६ जना, कोषाध्यक्षका लागि २ जनाले उम्मेदवारी दिएका छन् ।

महिला सचिवमा चन्द्रकुमारी केसी, महिला सहकोषाध्यक्षमा अन्जु भण्डारीसहित युवा संयोजक, महिला संयोजक निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसैगरी ६ जना आईसीसी सदस्यका लागि बाबुराम खरेल, बिजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र राम थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?