एनआरएनए जापानको निर्वाचन : दिउँसोसम्म ५२ प्रतिशत मत खस्यो

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी छ ।

जापानी समयअनुसार दिउँसो साढे २ बजेसम्म ५२.०४ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

दिउँसोसम्म नयाँ नेतृत्व चयनका लागि ३ हजार, ७३० जनाले मतदान गरिसकेका छन् । एनआरएनए जापानको निर्वाचनका लागि ७ हजार १६८ जना मतदाता रहेका छन् ।

बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ ७ बजेसम्म जारी रहनेछ । निर्वाचन लगत्तै परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

जसअनुसार २६ पदका लागि ५५ जनाको उम्मेदवारी रहेको छ । जसअनुसार १ जना अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा नविन निउरे, राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ र संगीता अधिकारीले उम्मेदवारी दिएका छन् ।
यसैगरी उपाध्यक्षका लागि ८ जना र महिला उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ ।

महासचिवका लागि २ जना, सचिवका लागि ६ जना, कोषाध्यक्षका लागि २ जनाले उम्मेदवारी दिएका छन् ।

महिला सचिवमा चन्द्रकुमारी केसी, महिला सहकोषाध्यक्षमा अन्जु भण्डारीसहित युवा संयोजक, महिला संयोजक निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी ६ जना आईसीसी सदस्यका लागि बाबुराम खरेल, बिजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र राम थापा निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?