गर्मीका कारण जापानमा स्कुले छात्राको मृत्यु

जापानमा पछिल्लो समयमा बढेको अत्यधिक गर्मीका कारण जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

अत्यधिक गर्मीका कारण साइकलमा स्कुल जाँदै गरेकी एक छात्राका हिट स्ट्रोकका कारण अचेत भएर ढल्दा मृत्यु भएको छ ।

२८ तारिखमा यामागाता प्रिफेक्चरको योनेजावा सहरको राष्ट्रिय राजमार्樂威壯 ग छेउमा एक १३ वर्षीया छात्रा गर्मीका कारण ढलेको देखेपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो ।

तर उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

२८ तारिख बिहान ११ बजेपछि योनेजावा सहरको कुचिताजावामा रहेको राजमार्गको फुटपाथमा जुनियर हाइस्कुलकी छात्रा अचेत अवस्तामा भेटिएकी थिइन् ।

उनलाई उद्दार गर्न टोली आइपुग्दा हेलमेट लगाएर साइकलको छेउमै लडिरहेकको भेटिएको थियो ।

अचेत अवस्थामै अस्पताल लगिएकी छात्रालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

ती छात्रा स्कुलको क्लबका गतिविधिहरुमा सामेल भएर घर जाँदै गरेकी थिइन् । योनेजावा सहरले घटनाको विस्तृत विवरण आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?