एनआरएनए जापानको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति २०२३–२५ चयनका लागि आज अनलाइन भोटिङ मार्फत निर्वाचन भइरहेको छ ।

अनलाइन भोटिङ प्रणाली ‘भेरो भोटिङ्ग प्रणाली’ मार्फत पहिलो पटक निर्वाचन हुन लागेको हो । जसमा फेस भेरिफिकेशनबाट मतदाताले आफ्नो मतदान प्रयोग गर्न पाउने छन् ।

एनआरएनए जापानले निर्धारित समयमा तोकिएको मापदण्ड पूरा गरी प्रमाणित भएका ७ हजार १६८ जनाले विभिन्न २२ बदमा मतदान गर्नेछन् ।

अमेरिका, अस्ट्रेलिया लागायतका देशमा भेरो भोटिङ प्रणाली सफलतापूर्वक प्रयोग भइसकेको छ । सोही कारण यसपटक जापानमा पनि यो प्रणालीमार्फत निर्वाचन गरिएको हो ।

बिहान १० बजेबाट सुरु हुने निर्वाचन बेलुका ७ बजे समापन हुनेछ । निर्वाचन लगत्तै परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?