जापान र फ्रान्सको पहिलो संयुत्तः वायु सैनिक अभ्यास

जापानको वायु आत्मरक्षा बल अर्थात एएसडीएफ र फ्रान्सको वायु सेनाले पहिलो पटक संयुक्त सैन्य अभ्यास गरेको छ ।

यो ४ दिने सैन्य अभ्यास दक्षिणपश्चिमी जापानको मियाजाकी प्रिफेक्चरस्थित न्युताबारु वायु 樂威壯 सैनिक अड्डामा भइरहेको छ ।

लडाकु विमान र परिवहन विमानसहित दुई देशका करिब १० वायुयानले यसमा भाग लिइरहेका छन् । शनिबार यो अभ्यास सम्पन्न हुनुअघि यी विमान सामरिक प्रशिक्षण अन्तर्गत एक फर्मेशनमा उडान गर्न सक्ने जनाइएको छ ।

एएसडीएफ प्रमुख उचिकुरा हिरोआकीले यो संयुक्त सैन्य अभ्यास मुक्त एवं. खुला हिन्द प्रशान्त क्षेत्रलाई साकार बनाउन फ्रान्सको योगदान बढाउने विश्वास व्यक्त गरेका छन् ।

यस्तै फ्रान्सेली वायुसेनाका चिफ अफ स्टाफ स्टेफान मिलले फ्रान्सेली लडाकु विमानको पहिलो जापान यात्राको ऐतिहासिक क्षणको साक्षी बन्नु आफ्ना लागि सौभाग्यको कुरा भएको बताए ।

उनले यो अभ्यास दुई देशका सेनाबीच राम्रो सम्बन्ध स्थापित गर्न सफल हुने विश्वास पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?