एनअरएनए जापान निर्वाचन : को–को निर्विरोध निर्वाचित भए, कसको उम्मेदवारी कायम ? (सूचीसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनका लागि अन्तिम नामावली प्रकाशित गरिएको छ ।

निर्वाचन समितिले जुलाई २९ मा हुने एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषदका लागि उम्मेदवार दिएकाहरुको अन्तिम नामावली प्रकाशित गरेको हो ।

निर्वाचन समितिले सर्वसम्मतिको प्रयास भइरहेको जानकारी गराउँदै पूर्वनिर्धारित तालिका हेरफेर गर्दै २७ जुलाईमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।

जसअनुसार २६ पदका लागि ५५ जनाको उम्मेदवारी रहेको छ । आगामी कार्यकालका लागि हुने निर्वाचनमा जुलाई २३ देखि २४ सम्म उम्मेदवारी दर्ता आव्हान गरिएको थियो ।

जसअनुसार १ जना अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा नविन निउरे, राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ र संगीता अधिकारीले उम्मेदवारी दिएका छन् ।

यसैगरी उपाध्यक्षका लागि ८ जना र महिला उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ ।

महासचिवका लागि २ जना, सचिवका लागि ६ जना, कोषाध्यक्षका लागि २ जनाले उम्मेदवारी दिएका छन् ।

महिला सचिवमा चन्द्रकुमारी केसी, महिला सहकोषाध्यक्षमा अन्जु भण्डारीसहित युवा संयोजक, महिला संयोजक निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी ६ जना आईसीसी सदस्यका लागि बाबुराम खरेल, बिजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र राम थापा निर्विरोध निर्वाचित भएका छन् ।

final-candidate+2Download

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?