न्यूनतम पारिश्रमिक बढाउन छलफल गर्दै जापान सरकार

जापानमा न्यूनतम पारिश्रमिक बढाउने विषयमा सरकारले छलफल अगाडि बढाएको छ ।

बढ्दो महंगी र जीवनयापनमा बढ्दो लागतबीच सरकारले औसत न्यूनतम ज्याला बढाउने गरी सरकारको एक प्यानलले छलफल अघि बढाएको हो ।

छलफलमा पहिलो पटक प्रतिघन्टा १ हजार येन वा करिब ७ डलर ९ सेन्ट बनाउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

श्रम मन्त्रालयको प्यानलमा युनियन र कर्पोरेट व्यवस्थापनका प्रतिनिधिहरु सहभागी भएर छलफल अघि बढाएका हुन् । समितिको बैठक बुधबार चौथो पटक बसेर ज्याल वृद्धिका विषयमा छलफल गरेको छ ।

बढ्दो मूल्यको विश्लेषणसहित मन्त्रालयले प्रस्तुत गरेका विषयमा छलफल केन्द्रित रहेको छ ।

प्यानलको सिफारिसका आधारमा प्रत्येक प्रान्तले न्यूनतम पारिश्रमिक तोक्नेछन् । हाल जापानमा राष्ट्रव्यापी न्यूनतम पारिश्रमिक औसत ९६१ येन वा करिब ६ डलर ८२ सेन्ट प्रतिघन्टा रहेको छ ।

मजदुर संघका प्रतिनिधिह犀利士 रुले तलबमानमा ठूलो वृद्धिको माग गरिरहेका छन् ।

छलफलमा उनीहरुले वर्तमान स्तरमा न्यूनतम घण्टाको ज्यालामा कामदारहरुको वार्षिक आम्दानी २ हजार घण्टा काम गरे पनि २० लाख येन वा १४ हजार २०० डलरमा सीमित रहने बताउँदै यो विश्वव्यापी मापदण्ड भन्दा कम रहेको बताएका छन् ।

कम्पनीहरुले भने न्यूनतम ज्याला वृद्धिले क्षेत्रीय अर्थतन्त्र अन्तर्गत रहेका साना र मझौला व्यवसायहरुमा भार बढाउने भएकाले पलायन हुनसक्ने बताउँदै आएका छन् ।

जापान सरकार न्यूनतम पारिश्रमिक प्रतिघण्टा १ हजार येन बनाउने योजनामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?