गौरिकाले जापानमा बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

नेपाली पौडी खेलाडी गौरिका सिंहले जापानको फुकुओकामा जारी २०औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

दक्षिण एशियाली खेलकुद (साग) की स्वर्णधारी गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ दशमलव ८७ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै ३१ दशमलव ४威而鋼 ४ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ३१ दशमलव ८७ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

ओलम्पिक छनोट प्रतियोगितासमेत रहेको च्याम्पियनसिपअन्तर्गत बुधबारै भएको पुरुषतर्फको एक सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।

एलेक्जेन्डरले पुरानो समय ५२ दशमलव ९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२ दशमलव ९४ समयका साथ नयाँ रेकर्ड कामय गरेका हुन् ।

उनले हालै सम्पन्न ११औं एनएसए कप च्याम्पियनसिपमा ५२ दशमलव ९६ सेकेन्ड समयको कीर्तिमान बनाएका थिए ।

अब नेपाली खेलाडीको दुई खेल खेल्न बाँकी छ । बिहीबार डुबाना लामाले एक सय मिटर फ्रिस्टायल र एलेक्जेन्डरले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?