जापानी युवराज्ञी किको कोरोना संक्रमित

जापानी युवराज्ञी किकोलाई कोरोना संक्रमण पुष्टि भएको छ । जापानमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर बढिरहेका बेला युवराज्ञी किको पनि कोरोना संक्रमित भएकी हुन् ।

सोमबार किकोलाई कोरोना संक्रमण पुष्टि भएको राजदरबारले जनाएको छ । उनलाई कोरोना संक्रमणको लक्षण देखिएको र यो साता आफ्नै निवासमा आराम गर्ने जनाइएको छ ।

उनलाई ज्वरो आएको र परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।

威而鋼 द्यपि उनका पति युवराज फुमिहितो र उनीहरुका छोराछोरी राजकुमारी काको र राजकुमार हिसाहितोको परीक्षण भने नकारात्मक आएको छ ।

कोरोना संक्रमणका कारण आगामी आइतबारसम्म उनी सार्वजनिक कार्यक्रममा सहभागी हुने छैनन् ।

उनले बुधबार चिबा प्रिफेक्चरमा राष्ट्रिय रक्तदान प्रवद्र्धन समारोह, बिहीबार टोकियोमा फ्लोरेन्स नाइटिंगेल पदक प्रदान समारोहका साथै खागोसिमा प्रान्तमा शनिबारदेखि आइतबारसम्म हाइस्कुलहरुको लागि राष्ट्रिय सांस्कृतिक महोत्सव समारोहमा सहभागी हुने कार्यक्रम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?