एनआरएनए जापानको निर्वाचन : ३२ पदका लागि ६२ जनाको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनका लागि ६२ जनाले उम्मेदवारी दिएका छन् ।

२९ जुलाईमा हुने निर्वाचनमा ३२ पदका लागि ६२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले मंगलबार सबै पदमा दिएका उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो ।

अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष नविन निउरे, राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ र संगिता अधिकारीले उम्मेदवारी दिएका छन् ।

एनआरएन जापानको कार्यसमितिका तीन पदमा भने सर्वसम्मत भइसकेको छ । जसमा महिला सचिवमा चन्द्रा अधिकारी केसी, महिला सह–कोषाध्यक्षमा अन्जु भण्डारी र महिला संयोजकमा हेमा पाण्डे सर्वसम्मत भएका छन्

उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि विष्णुप्रसाद सुवेदी, देवराज उप्रेती, कृष्ण गैरे शर्मा, मुक्तिराम खनाल विनोद, सचिव श्रेष्ठ, सिद्धार्थ श्रेष्ठ र सुवास लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै महिला उपाध्यक्षमा २ जना, महासचिवमा ३ जना, सचिवमा ६ जना, कोषाध्यक्षमा ४ जना, सह–कोषाध्यक्षमा २ जना, युवा संयोजकमा २ जना, महिला संयोजकमा १ जना, सदस्यमा १७ जना, महिला सदस्यमा २ जना तथा आईसीसी सदस्यमा ९ जनाको उम्मेदवारी परेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?