टोकियोको यामानोते रेल सेवा अवरुद्ध हुँदा यात्रु प्रभावित

जापानको राजधानी टोकियोमा यामानोते रेलवे लाइन सोमबार बिहान करिब ५ घन्टा अवरुद्ध भएको छ । बिहान ५ बजेदेखि सुरु हुनुपर्ने रेल सेवा ९ बजेपछि मात्रै सञ्चालनमा आएको थियो ।

पूर्वी जापान रेलवे कम्पनीले हाल सीमित रेल सेवामात्रै सञ्चालनमा रहेको जनाएको छ । सोमबार बिहान रेलवे लाइनका सबै सेवाहरु निलम्बित गरिएको थियो ।

टोकियोको शिनागावा वार्डमा रहेको ओसाकी स्टेशनमा मध्यरातमा चेकजाँचका क्रममा उपकरणमा खराबी देखिएपनि रेलवे सेवा निलम्बन गरिएको कम्पनीले जनाएको छ ।

रेल सेवा अवरुद्ध हँुदा १ लाख १० हजार भन्दा बढी यात्रु प्रभावित बनेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?