तलबमा लैंगिक अन्तर कम गर्न जी–७ को आव्हान

विश्वका धनी राष्ट्रहरुको समूह जी–७ का लैंगिक समानता मन्त्रीले पुरुष र महिलाबीचको तलब अन्तर कम गर्न लचिलो कार्यशैली तथा न्यायसंगत एवं. पारदर्शी तलब नीतिलाई बढावा दिन आव्हान गरेका छन् ।

उनीहरुले लैंगिक आधारमा भूमिका बदल्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

मन्त्रीहरुको तोकियोको उत्तरमा रहेको तोचिगी प्रिफेक्चरको निक्को सहरमा भएको दुई दिने बैठक समापनका सन्दर्भमा संयुक्त वक्तव्य जारी गरेको हो ।

यो वक्तव्यमा लैंगिक आधारमा लामो समयदेखि रहेको विभेद कम गर्नका लागि व्यापक दृष्टिकोण अपनाउनुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् ।

वक्तव्यमा महिला र पुरुषमा रहेको यो विभेद संरचनात्मक कारकको समग्र परिणाम भएको उल्लेख गरिएको छ ।

यसमा कार्यकारी तथा प्रबन्धकीय पदमा महिला प्रतिनिधित्वको कमी, बिना तलब हेरचाह तथा घरेलु कामको बोझ लगायतले महिलामाथि प्रतिकूल अवस्था सिर्जना हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?