अन्त्येष्टिबाट बचेको रकम आरतीको परिवारलाई हस्तान्तरण

जापानमा निधन भएकी चितवनकी आरती खनालको अन्त्येष्टिबाट बँचेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।

उनी अध्ययनका लागि जापान पुगेकी थिइन् । उनको मृत्युको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खनाल बेपत्ता भएको दुई महिनापछि मृत अवस्थामा फेला परेकी थिइन् । उनको अन्त्येष्टिका लागि जापानस्थित सक्रिय संघ संस्था र व्यक्तित्वहरूले आर्थिक सहयोग संकलन गरेका थिए ।

एनआरएनए जापानले एक विज्ञप्ति जारी गर्दै सहयोगदाताहरुको नामावली र प्राप्त रकम विवरण सार्वजनिक गरेर सहयोगीप्रति आभार व्यक्त गरेको छ ।

अन्त्येष्टिमा लागेको खर्चबाट बचेको रकममा एनआरएनए जापानले रकम थप गरी एक लाख रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरेको छ ।

खनालको परिवारजनमा समवेदना व्यक्त गर्न एनआरएनए अध्यक्ष शिवप्रसाद पौडेल र उपाध्यक्ष संगिता अधिकारी सुवेदी खनालको निवास चितवन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?