जापानका नयाँ नोटहरु २०२४ जुलाईदेखि प्रचलनमा आउने

जापानले नयाँ डिजाइन गरिएका नोटहरु आगामी वर्ष सन् २०२४ जुलाईदेखि प्रचलनमा ल्याउने भएको छ ।

जापानी वित्त मन्त्रालयले सन् २०१९ मा नै नोटहरु परिवर्तन गर्ने घोषणा गरेको थियोे । सोही अनुसार १० हजार, ५ हजार र १ हजार येनका नोटहरु अप्रिल र सेप्टेम्बर २०२४ को बिचमा परिवर्तन हुनेछन् ।

जापानले पछिल्लो पटक सन् २००४ मासबै नोटका डिजाइनहरु परिवर्तन गरेको थियो ।

राष्ट्रिय प्रिन्टिङ ब्युरोले सेप्टेम्बर २०२१ मा नयाँ नोट छाप्न थालेको हो । नयाँ १० हजार येनको नोटमा ‘जापानी पुँजीवादका पिता’ भनेर चिनिने अग्रगामी उद्योगपति इइची शिबुसावाको तस्बिर रहेको छ ।

यसैगरी ५ हजार येनको नयाँ नोटमा सुदा विश्वविद्यालयका संस्थापक उमेको त्सुदा र १ हजार येनको नोटमा ब्याक्टेरियोलोजिस्ट शिबासाबुरो कितासातोको तस्बिर रहेको छ ।

नयाँ नोटमा एन्टी फोर्जरी प्रविधि समावेश गरिएको छ । यो प्रविधि विश्वमा पहिलो पटक प्रयोग गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?