पनडुब्बी टाइटनमा सवार सबै पाँच जनाको मृत्यु

एटलान्टिक महासागरमा टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी टाइटनमा सवार सबै ५ जनाका मृत्यु भएको छ ।

अमेरिकी कोस्ट गार्डले सबै जनाको मृत्यु भएको पुष्टि गरेको हो । अमेरिकी कोस्ट गार्डका गियर एडमिरल जोन मागरले पनडुब्बीका पाँच भाग टाइटानिक जहाजको भग्नावशेषको अघिल्लो भागको १६ सय फिट तल भेटिएको जनाएका छन् ।

अमेरिकी कोस्ट गार्डले पनडुब्बी विस्फोटको ठूलो आवाज आएको जनाएका छन् । टाइटनसँग सम्बन्धविच्छेद भएपछि खोजी अपरेशन चलाइरहेका अमेरिकी कोस्ट गार्डले विस्फोटको आवाज सुनेका थिए ।

टाइटनको खोजीमा जहाजका साथै विमानहरु समेत परिचालन गरिएको थियो । समुद्रको १० हजार वर्गमाइल क्षेत्रमा खोजी भइरहेको थियो ।

समुद्रमा डुबेको टाइटानिक जहाज हेर्न गइरहेको टाइटन पनडुब्बीका क्रुको समुद्रमाथि रहेको उसको जहाज पोलर प्रिन्ससँग सम्पर्क टुटेको थियो । आइतबार एक घन्टा ४५ मिनेटमा नै सम्पर्कविच्छेद भएपछि खोजी सुरु भएको थियो ।

टाइटानिकको भग्नावशेष क्यानडाको न्युफाउन्डल्याण्डस्थित सेन्ट जोन्सको दक्षिणमा ७०० किलोमिटर टाढा छ । टाइटनको खोजीका लागि अमेरिकाको बोस्टनबाट अभियान चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?