
विश्वको दोस्रो नम्बरका अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले निर्माण गरेको रकेट परीक्षण उडानका क्रममा विष्फोट भएको छ ।
हालसम्मकै शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्सासको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमा आकाशमै विष्फोट भएको हो ।
यो यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले निर्माण गरिएको एलन मस्कको महात्वाकांक्षी परियोजना थियो ।
उडेको तीन मिनेटपछि नै स्टारशिप रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्ने थियो । तर अलग नभएपछि केही बेरमै रकेट बिस्फोट भयो ।
यसअघि गत सोमबार यानको परीक्षण उडान गर्ने भनिएकोमा अन्तिम समयमा स्थगित गरिएको थियो ।
