
जिल्ला अदालत काठमाडौंमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बालिका बलात्कारको मुद्दामा बुधबार पनि सुनुवाइ हुन सकेन ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको भए पनि समय अभावका कारण उनको सुनुवाइ हुन नसकेको हो ।
क्रिकेटर लामिछानेका कानुन व्यवसायीले केहीबेर सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखेर निरन्तरता दिन आग्रह गरेका थिए ।
तर सरकारी वकिलले सुनुवाइ हुन नसक्ने भएपछि फेरि मुद्दाको पेशी तोकिनुपर्ने भनी इजलासको ध्यानाकर्षण गराएका थिए । यो मुद्दाको सुनुवाइको अर्को मिति भने तोकिएको छैन ।
