
एक सरकारी सर्वेक्षणअनुसार जापानका १५ देखि ६४ वर्ष उमेरका करिब १४ लाख ६० हजार मानिस ‘हिकिकोमोरी’ अर्थात समाजबाट कटिने समस्यामा छन् ।
क्याबिनेट कार्यालयले गत वर्षको नोभेम्बरमा गरेको देशव्यापी सर्वेक्षणमा १० देखि ६९ वर्षका कुल ३० हजार मानिसलाई प्रश्न सोधिएको थियो । जसमा १३ हजार ७६९ जनाले जवाफ दिएका थिए ।
नतिजाबाट १५ देखि ६४ वर्षका कम्तीमा २ प्रतिशतभन्दा बढी मानिस यस्ता छन्, जो कम्तीमा पनि ६ महिनादेखि आफ्नो घरबाट निस्किएका थिएनन् ।
१५ देखि ३९ वर्षका मानिसमा ७ वर्षअघि गरेको सर्वेक्षणको नतिजाको तुलनामा यो तथ्यांक १।५७ प्रतिशतले बढेर २।०५ प्रतिशत भएको छ ।
४० देखि ६४ वर्षका मानिसमा ४ वर्षअघि गरिएको सर्वेक्षणको नतिजाको तुलनामा तथ्यांक १।४५ प्रतिशतबाट बढेर २।०२ प्रतिशत भएको छ ।
कोरोना भाइरस महामारीका क्रममा सामाजिक माहौलमा आ犀利士 एको ठूलो परिवर्तनका कारण यस्ता मानिसहरुको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।
सर्वेक्षणमा हरेक ५ मध्ये एक व्यक्तिले समाजबाट कटिनुका प्रमुख कारण महामारी भएको बताएका छन् ।
