
जापानबाट नेपाललगायत विश्वका विभिन्न देशहरूमा रेमिट सेवा दिँदै आइरहेको फोरेक्स रेमिटले आफ्ना सेवाग्राहीहरूलाई लक्षित गर्दै प्रत्येक महिना फरकफरक उपहार योजना सार्वजानिक गर्दै आइरहेको छ ।
कम्पनीको बजार व्यवस्थापन विभागले अप्रिल महिनालाई लक्षित गरी आकर्षक साइकल सार्वजानिक गरेको छ ।
विभिन्न क्याम्पियन चलाउँदै आइरहेको सो कम्पनीले “Forex सँग तपाई , तपाईसँग Cycle” भन्ने नारासहित साइकल उपहार योजना सार्वजनिक गरेको हो ।
कम्पनीले जापानमा रहेका आफ्ना विभिन्न बैंक एकाउन्ट तथा JP Card मार्फत पैसा डिपोजिट गरी नेपाल पठाउने ग्राहाकहरुमध्ये १ जना ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक साइकल उपहार दिने फोरेक्स रेमिटको मार्केटिङ विभागले जनाएको छ ।
समाजका हरेक सामाजिक कामहरूमा सक्रिय योगदान गर्दै आइरहेको उक्त कम्पनीले आफ़्नो कम्पनीको नाममा रहेको फेसबुक पेज , फेसबुक, भाइबर, टिकटकलगायतका सञ्जालमा जोडिएर पनि रेमिट सेवा लिन सकीने छ ।
जापानबाट ५० भन्दा बढी देशहरूमा सेवा दिँदै आएको फोरेक्सले नेपालमा भने नेपालकै सर्वाधिक सञ्जाल भएको ipay Remit मार्फत भुक्तानी गर्दै आइरहेको छ ।
फोरेक्स रेमिटले जापानबाट नेपालमा पैसा पठाउदा साझेदार कम्पनी ipay मार्फत बैंकहरुमा तुरुन्तै जम्मा हुने र देशभर रहेका तीस हजार माथि भुक्तानी काउण्टरबाट तुरुन्तै निकाल्न सकिने जनाएको छ ।