
जापानमा परमाणु बम हमलाका पीडितहरुको समूह हिबाकुशाको देशव्यापी समूहले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको बेलारुसमा सामरिक रुपमा महत्वपूर्ण अस्त्रको तैनाथी गर्ने घोषणाको कडा निन्दा गरेको छ ।
जापान अणु तथा हाइड्रोजन बम पीडितको समूह निहोन हिन्दान्क्योले एक वक्तव्य जारी गर्दै पुटिनको घोषणाले परमाणु खतरा बढ्ने उल्लेख गरेका छन् ।
समूहले युक्रेनलाई युरेनिमम विहीन ट्याङ्कभेदी गोला उपलब्ध गराउने ब्रिटेनको निर्णयको पनि आलोचना गरेको छ ।
समूहले必利勁 यस प्रकारका हतियारले मानव शरीर र पर्यावरणमाथि रेडियोधर्मी पदार्थको असर हुने भएकाले प्रयोग नगर्न अनुरोध गरेको छ ।
वक्तव्यमा रुसले युक्रेनमाथि गरेको हमला अन्त्य गर्न विभिन्न देशबीच वार्तामा समेत जोड दिएको छ । उसले युद्धमा कोही विजेता नबन्ने समेत उल्लेख गरेको छ ।