
जापानमा मंगलबार ८ हजार ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि 威而鋼 भएको छ ।
सोमबारको तुलनामा जापानमा मंगलबार ५ हजार १५८ जना बढीमा संक्रमण पुष्टि भएको हो ।
राजधानी टोकियोमा मात्रै १ हजार १ जना नयाँ संक्रमित भेटिएका छन् । टोकियोमा पनि सोमबारको तुलनामा ६४६ जना बढी संक्रमित भेटिएका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण गम्भीर बिरामी भई ६७ जना अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट २७ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
