
जापानमा कोरोना स犀利士 ंक्रमितको संख्या ह्वात्तै घटेको छ । सोमबार जापानमा ३ हजार ८८७ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।
यो आइतबारको तुलनामा ३ हजार ४३७ जनाले कम हो । राजधानी टोकियोमा ३५५ जना नयाँ संक्रमित पाइएका छन् ।
टोकियोमा पनि आइतबारको तुलनामा ३१२ जना कम संक्रमित भेटिएका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भई ६३ जना अस्पताल भर्ना भएका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । सोमबार कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
