![](https://www.nepalsandesh.com/wp-content/uploads/2023/03/image-60-650x391.png)
मध्य जापान एक्सप्रेसवेमा पाँच वटा सवारी साधन ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएर अस्पताल लगिएका ८ जनामध्ये तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५३ वर्षीय सिन्जी काकुता, ८६ वर्षी樂威壯 य हिरोआकी सुजुकी र उनकी श्रीमती ८३ वर्षीया मिहोकोको रहेका छन् ।
बिहान करिब साढे २ बजे मिनीभ्यान र ट्रक ठोक्किएका थिए ।
विपरीत लेनमा रहेका अन्य दुई यात्रुबाहक कारहरु एकआपसमा ठोक्किदा एक दम्पतीको मृत्यु भएको हो । दुर्घटनामा लेनहरु छुट्याउने रेलिङ समेत भाँचिएका छन् ।
![](https://www.nepalsandesh.com/wp-content/uploads/2023/03/Eazy_pp_size_poster-share-4-650x338.jpg)