जापान सरकारले २० खर्ब येन बराबरको महंगी राहत योजना घोषणा गरेको छ ।
बुधबार महंगी नियन्त्रणसम्बन्धी सरकारी कार्याबलको बैठकले महंगीका कारण घरपरिवार र व्यवसायमाथि परेको भार कम गर्न ल्याइएको राहत प्याकेजलाई स्वीकृति दिएको हो ।
यो राहत योजनाअनुसार न्युन आय भएका परिवारलाई ३० हजार नगद तथा बालबालिका हुर्काइरहेका परिवारलाई हरेक बच्चा बराबर ५० हजार येन दिइने प्रस्ताव गरिएको छ ।
सरकारले मेदेखि हरेक घरपरिवारले विजुलीको महसुलका साथमा तिर्दै आएको अतिरिक्त शुल्क पनि घटाउने योजना बनाएको छ ।
यो योजनाका लागि सरकारले चालु आर्थिक वर्षको बजेटबाट सञ्चिति कोषमा विनियोजन गरेको बजेट चलाउने भएको छ ।
यो योजनाले जनतामा महंगीको भार कम हुने सरकारको विश्वास छ । यो प्याकेजलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि लागू हुनेछ ।