
जापानका कोरोना भाइरसबाट बुधबार ४ हजार ४६० जना नयाँ संक्रमित फेला परेका छन् । यो मंगलबारको तुलनामा ४ हजार ४२३ जनाले कम हो ।
राजधानी टोकियोमा बुधबार ३७३ जना संक्रमित भेटिएका छन् । टोकियोमा पनि ५०४ जना कम संक्रमित भेटिएका हुन् ।
बुधबार कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भई ७६ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।