जापानमा अध्ययनरत एक नेपाली युवती सम्पर्कबिहीन भएकी छन् । जापानको ओसाकास्थित आशिया कोसुसाई गाइकुन निहोन्गो गाक्कोउमा अध्ययरत नेपाली विद्यार्थी सम्पर्कबिहीन भएकी हुन् ।
आरती खनाल नाम गरेकी २१ वर्षीया युवती यही मार्च १७ बाट परिवार र साथीभाइको सम्पर्कमा नरहेको बताइएको छ ।
उनी विद्यालय र साथीहरु तथा उनले काम गर्दै आएको ठाउँमा समेत कुनै जानकारी नगराई बेपत्ता भएकी छन् ।
उनी कहाँ गएकी हुन् भन्ने कुनै जानकारी नभएको र उनको खोजी कार्य जारी रहेको छ ।
