
नेपाल एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
त्रिवि क्रिकेट樂威壯 मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
जवाफमा ३११ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल खराब प्रकाशका कारण रोकियो र नेपाल डीएल मेथडमा ९ रनले विजयी भयो ।
यो जितसँगै नेपाल ३६ खेलबाट ४० अंकका साथ आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भयो । नेपाल तेस्रो स्थानमा पुगेसँगै नामिबिया चौथो स्थानमा झरेको छ ।