
जापानको राजधानी टोकियो सुन्दर साकुरासँगै मनमोहक बन्न थालेको छ ।
सन् १९५३ मा रेकर्ड राख्न सुरु गरेपछि ७० वर्षको अवधिमा समयभन्दा पहिले नै साकुरा फुल्न थालेको यो धेरै कम वर्षमध्ये एक हो ।
साकुराको फूलसँगै टोकियोको मौसम सेतो, गुलाबी बनेको छ । जापानको मौसम विभागका अनुसार यो वर्ष सामान्य भन्दा छिटो राजधानीमा साकुरा फुल्न सुरु भएको हो ।
राजधानी टोकियोको मध्य क्षेत्रमा रहेको यासुकुनी मन्दिरमा रहेको सोमेई–योशिनो प्रजातिको साकुराको रुखमा साकुरा फक्रिन थालेको छ । यो जातको साकुरालाई साकुराको राजा भनिन्छ ।
सो साकुराको प्रजातिलाई मौसम विभागले निगरानी गर्ने गरेको छ । मंगलबार अपरान्ह सो र犀利士 ुखमा साकुरा फुलेको विभागले पुष्टि गरेको छ ।
जापानमा साकुराको मौसम सुरु भएको गत वर्षको तुलनामा ६ दिनअघि र औसत वर्षभन्दा १० दिन अघि हो ।
मौसम विभागका अनुसार २१ देखि २४ मार्चको बिचमा साकुरा पूर्ण रुपमा फक्रिनेछ ।