
जापानमा मंगलबार १० हजार ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सोमबारको तुलनामा ६ हजार ६४३ जनाले बढी हो ।
राजधानी टोकियोमा मात्रै ९८८ जना नयाँ संक्रमित भेटिएका छन् । सोमबारको तुलनामा टोकियोमा ६७५ जना बढी संक्रमित पाइएका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भई जापानमा मंगलबार ११५ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट मंगलबार एकै दिन ४७ जनाको मृत्यु भएको छ ।