जापानको एच थ्री रकेट प्रक्षेपणलगत्तै नष्ट गरियो

जापानले एच–३ मध्यम रकेट लन्च गरेलगत्तै नष्ट पारेको छ । जापानी एयरस्पेश एक्सप्लोरेसन एजेन्सी (जासा) ले लञ्च गरेलगत्तै रकेटको सेकेन्ड स्टेज इन्जिन फेल भएको थियो ।

त्यसलगत्तै जासाले रकेटलाई ‘सेल्फ डिस्ट्रक्ट सिग्नल’ पठाएको थियो । रकेटमा एक एएलओएस–३ अब्जर्भेसन स्याटेलाइट थियो ।

यो एक डिजास्टर म्यानेजमेन्ट स्याटेलाइट हो । यसमा रहेको इन्फ्रारेड सेन्सरमार्फत उत्तर कोरियाको ब्यालिस्टिक मिसाइलको निगरानी गर्न सकिन्थ्यो ।

मंगलबार बिहान करिब १० : ३७ मा रकेट स्पेस सेन्टरबाट लन्च गरिएको थियो । सुरुमा मिसन सफल भएको बताइएको थियो । तर त्यसको केही समयमा नै रकेटमा गडबडी सुरु भय威而鋼 ो ।

जापानले गरेको एच थ्री मध्यम रकेट प्रक्षेपणको प्रत्यक्ष प्रशारण गरिएको थियो । गडबडी देखिएपछि केही समयमा नै रोकियो । त्यसपछि प्रत्यक्ष प्रशारण पुनः सुरु भएपछि रकेटले मिशन पूरा नगर्ने देखिएकाले त्यसलाई नष्ट गर्न लागेको घोषणा गरिएको थियो ।

यसअघि १७ फेब्रुअरीमा पनि जापानले एच थ्री रकेट लन्च गर्ने अन्तिम समयमा रद्द गरेको थियो । त्यसबेला पनि यसको सेकन्डरी बुस्टर इन्जिन स्टार्ट भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?