
जापानमा कोरोना भाइरसको संक्रमणबाट थप ५० जनाको मृत्यु भएको छ ।
आइतबार मात्रै थप ८ हजार ७३१ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यो शनिबारको तुलनामा १ हजार ७०० ले कम हो ।
राजधानी टोकियोमा मात्रै ७०५ जना संक्रमित भेटिएका छन् । टोकियोमा पनि शनिबारको तुलनामा ९० जना कम संक्रमित पाइएका हुन् ।
जापानमा आइतबार मात्रै कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भई १३२ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।