मौसम अधिकारीहरुले मध्य टोकियोमा मार्च १८ पछि साकुरा फुल्न सुरु हुने अनुमान गरेका छन् ।
यो साकुरा फुल्ने सामान्य सिजनभन्दा एक साताअघि हो । तुलनात्मक रुपमा न्यानो तापक्रमका कारण एक सातअघि नै साकुरा फुल्ने बताइएको छ ।
जापान मौसम विभागले बिहीबार गरेको एउटा प्रक्षेपणअनुसार एक सातापछि मार्च २५ मा भने साकुराको सबैभन्दा लोकप्रिय प्रजाति सोमेई योशिनो पूरै फक्रने छ ।
यो पनि सामान्य भन्दा ६ दिनअघि हो । साइतामा र योकोहामामा पनि साकुराको बोटमा फुल फक्रिन थाल्नेछन् ।
कोरोना भाइरसको महामारी सुरु भएयता पहिलो पटक मानिसहरुलाई साकुरा फुलेको हेर्ने दिइने पार्टीमाथिको प्रतिबन्ध हट्दैछ ।
तर केही प्रतिबन्धहरु भने अझै रहनेछन् । मेगुरो नदीको ४ किलोमिटरसम्म साकुरा फुलेको हेर्न आगन्तुकहरुको स्वागत गरिने मेगुरो वडाका अधिकारीले बताएका छन् । तर अतिथिहरुमाथि एक तर्फी नियम अपनाइनेछ ।
रुख मुनि उनीहरुलाई पार्टी गर्न अनुमति दिइने छैन । भिडभाड कम गर्न उनेओ पार्कमा मुख्य सडकमा वन–वे नियम लागू गरिनेछ ।